आर्थिक अनुशासनहिनता बढ्दै गएकोप्रति राष्ट्रपति चिन्तित

मंसिर १८, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले मुलुकमा आर्थिक अनुशासनहिनता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकारको आर्थिक छबी धुमिल बन्दै जाँदा जनतामा सरकार र सरकारी निकायप्रतिनै वितृष्णा पैदा भईरहेको पनि स्पष्ट पारिन् ।

सोमबार काठमाडौंमा अनामनगरस्थित निर्माण गर्न लागिएको महालेखा परीक्षकको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक छबीलाई स्वच्छ, पारदर्शी र जवाफदेही बनाउने कामलाई उच्च प्राथमिकता दिन पनि महालेखा परीक्षकको कार्यालयको ध्यानाकर्षण गराईन् ।

उनले मुलुकको धुमिल बन्दै गएको आर्थिक छबीलाई सुधार गर्दै मुलुकमा आर्थिक अनुशासन कायम गराउने दायित्व पूरा गर्न पनि महालेखा परीक्षकको कार्यालयको गम्भिर ध्यानाकर्षण गराईन् । राष्ट्रपति भण्डारीले मुलुकमा भ्रष्टाचार मौलाउँदै गएकाले नेपालको छवी विश्वमाझ समेत धुमिल बन्न पुगेको पनि स्पष्ट पारिन् ।

कार्यक्रममा बोल्दै महालेखा परीक्षक टंकमणि शर्मा दंगालले भवन निर्माण कार्य समयमै सम्पन्न गर्न नेपाल सरकार, निर्माण व्यवसायी र सम्वद्ध पक्षबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले अवको २१ महिना भित्र निर्माण कार्य सम्पन्न गरी कार्यालय सार्ने अवस्थामा पु¥याउन पनि भवन निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीहरुसँग विशेष आग्रह गरे । ५४ करोड २२ लाखमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो भवनको निर्माण कार्य गौरी, पार्वती, शान्ति जेभी कम्पनीलाई दिइएको छ ।

४ तले महालेखा परीक्षकको भवन २०७६ साल भाद्र २० गते भित्र निर्माण सम्पन्न गरिसक्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ । महालेखा परीक्षक शर्माले कर्मचारीहरुलाई काम गर्ने वातावरण बनाउन पनि भवन निर्माणको काममा ढिलाई गर्न नहुने स्पष्ट पारे । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले कार्यालयको भवन क्षतिग्रस्त भएको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *