शीर्ष नेताहरु चुनौतीको चाङ पन्छाउने दौडमाः यस्तो छ चुनौती

मङ्सिर १८, काठमाडाैं । मङ्सिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मुलुकका विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका प्रमुख दलका शीर्ष नेताहरू चुनौतीको चाङ पन्छाउने दौडमा जुटेका छन् ।

सोमबार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले उनीहरूले घरदैलो, मतदाता भेटघाट, कोणसभालगायत कार्यक्रम तीव्र पारेका छन् ।

गठबन्धनपछि दलभित्र देखिएको असन्तुष्टि, आफ्नैबाट हुने घात अतरघात, नयाँ दलप्रति आकर्षित युवाजमात र हरेक निर्वाचनमा अदलबनदल हुने न्युट्रल मतदाताले गर्दा यसपालि पनि काँग्रेस, एमाले, माअ‍ेवादी केन्द्र तथा मधेसकेन्द्रित दलका शीर्ष नेतालार्इ विजयी बन्न सजिालो नभएको विश्लेषक बताउँछन् ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *