१५ औँ प्याब्सन मिटको उपाधि ‘टप्स मावीलाई’


“
मङ्सिर १७,पोखरा। १५ औ प्याब्सन मिटको उपाधि टप्स मावीले हासिल गरेको छ । प्याब्सन मिटमा सहभागी ८० विद्यालयलाई उछिन्दै टप्सले १५ औँ प्याब्सन मिटको ट्रफी उचाल्न सफल भएको हो । टप्सले छात्रा भलिबल र छात्रा एथ्लेटिक्समा दर्ता गरेको जित सँगै प्राप्त अङ्कको आधारमा टप्स विजयी बनेको हो । टप्सलाई यो उपाधि चौथो पटक हो । टप्सले १२ औ, १३ औँ र १४ औँ प्याव्सन मिटमा समेत लगातार जितेर ट्रफी आफ्नो कब्जामा पारिसकेको छ ।
आइतबार सम्पन्न सिनियर फुटबल तर्फको उपाधि हिल पोइन्ट मावीले पाएको छ । हिल पोइन्टले स्नो भ्यूलाई २–१ गोल अन्तरले हराएको थियो । हिल पोइन्टलाइ फुटबलको उपाधि दिलाउन राहुल गुरुङले २ गोल गरेका थिए भने स्ने भ्यूका लागि एक मात्र गोल अंकित श्रेष्ठले गरेक थिए।
१५ औँ प्याब्सन मिट अन्र्तगत सम्पन्न छात्र भलिबल तर्फको उपाधि निलगिरी बोर्डिङले हासिल गरेको छ । फाइनलमा निलगिरीले गोल्डेन फ्युचरलाई २५–१५ र २५–२१ को सोझो सेटमा पराजित गरेको थियो । त्यसै गरी तेस्रो स्थानका लागि भएको खेलमा लिटल ड्याफोडिलले चिरगादी बोर्डिङलाई २५–२० र २५–२१ को सोझो सेटमा पाखा लगाएको थियो ।
टेबल टेनिस तर्फको च्याम्पियन सृजना मावी भएको छ भने दोस्रो मदर ल्याण्ड बोर्डिङ र तेस्रो स्थान स्टेप बाइ स्टेप मावीले हासिल गरेको छ।
१५ औ प्याब्सन मिटमा सिनयर फुटबल तर्फको उत्कृष्ट खेलाडी हिल पोइन्टका रमेश गुरुङ घोषित भएका छन् भने जुनियर फुटबलमा स्नो भ्यूका सन्देश थापाउत्कुष्ट भएका छन् । छात्र एथ्लेटिक्स तर्फ प्रगतिका सुयोग भण्डारी उत्कृष्ट भए भने छात्रा तर्फ टप्स मावीकी ममता डगौरा घोषित भइन । छात्र भलिबल तर्फ निलगीरीका विशेष भण्डारी उत्कृष्ट खेलाडी भए भने छात्रा तर्फ टप्सकी ममता डगौरा उत्कृष्ट खेलाडी भएकी छन् ।
विजयी टिम, विद्यालय र खेलाडीहरुलाई जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्र राज पौडेल, नेपाल आलेम्पिक कमिटीका सदस्य तेज बहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष याम गुरुङ, प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष षडानन्द गौतम लगाएतले ट्रफी, पुरुस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
“
