गौचन हत्याका प्रमुख योजनाकार बस्नेत पक्राउ

मङ्सिर १७, काठमाडौँ । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार गुण्डा नाइके समिरमान सिंह बस्नेत पक्राउ परेका छन् । गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गाैचनकाे गोली हानी हत्या भएको थियो ।

गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको बैग्लोरबाट पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार सिआईबीका डिआईजी पुष्कर कार्कीले खटाएको एक प्रहरी टोलीले उनलाई बैग्लोरबाट पक्राउ गरेर नेपाल ल्याएको हो । सो टोली २ महिनादेखि भारतमा रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *