भक्तपुर २ मा ढुंगाना, थापा र बस्नेतको आ-आफनै दावी

मंसिर १७, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेवार दमननाथ ढुंगाना र बाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले आ–आफ्नै जित हुने दावी गरेका छन् ।

काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका पूर्व सभामुख ढुंगाना र एमालेका तर्फबाट उम्मेदवारी दिएका पूर्व मन्त्री बस्नेतले भक्तपुरको समग्र विकासका लागि आफूले जित्नैपर्ने तर्क समेत गरेका छन् । पूर्व सभामुख ढुंगानाले भक्तपुरमा स्थानीय नभई केन्द्र्रिय नेता चाहिएकाले आफूले उम्मेदवारी दिएको दावी गरे । उनले बाम गठबन्धन आफ्नो लागि चुनौति नभएको पनि बताए । ढुंगानाले बाम दलहरुबीच एकता हुने भनिएपनि त्यो सम्भव हुने नदेखिएको टिप्पणी पनि गरेका थिए ।

यता, बाम गठबन्धनका उम्मेदवार बस्नेतले जनताको सुखदुखको साथी आफू र आफ्नो पार्टी भएकाले जीत सुनिश्चित रहेको दावी गरेका छन् । उनले काँग्रेस र नेपाल मजदुर किसान पार्टीले भूकम्पको बेला समेत जनताको आवश्यक्ता पूरा गर्न चासो नदिएको आरोप पनि लगाए । बस्नेतले स्थानीय विकास निर्माणको कामलाई आफूले मुख्य प्राथमिकता दिएकाले पनि जनताले आफूलाई मत दिने विश्वास पनि व्यक्त गरे ।

कांग्रेस र वामगठबन्धनको आफ्नै दावी भएपनि भक्तपुरमा नेपाल मजदुर किसान पार्टीलाई मतदाताले शसक्त दलका रुपमा लिने गर्दछन् । सो क्षेत्रमा नेमकिपाको तर्फबाट अनुराधा थापामगर उम्मेदवार छिन् । उनको पनि उस्तै दावी छ । यसअघि समानुपातिक तर्फबाट सांसद बनेकी थापाले संविधान सभा र संसदमा छुट्टै पहिचान बनाउन सफल भएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *