नेइमार र काभानी गाेल गर्न चुक्दा पिएसजी पराजित


“
एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनमा पहिलो हार बेहोरेको छ । स्टार फरवार्डदय नेइमार र इडिन्सन काभानी गाेल गर्न चुक्दा पिएसजीलाई स्ट्रासबर्गले २–१ ले पराजित गरेको हो ।
पिएसजी पछिल्ला १५ खेलमा अपराजित थियो । पिएसजीले १५ मध्ये १३ खेलमा जित र २ खेलमा बराबरी खेलेको थियो ।
१४ मिनेटमा नुडो डा कास्टाले गोल गरेर स्ट्रासबर्गलाई अग्रता दिलाए । ४२ मिनेटमा पिएसजीका केलियन एमबाप्पेले बराबरी गोल फर्काए । तर, स्टेफिन बाहोकेनले ६५ मिनेटमा गोल गरेर स्ट्रासबर्गलाई दोस्रो पटक अग्रता दिलाए ।
जितपछि स्ट्रासबर्ग रेलिगेशन क्षेत्र छोड्न सफल भएको छ। १६ खेलबाट १८ अङ्क जोडेको स्ट्रासबर्ग १६ औँ स्थानमा उक्लिएको छ । शीर्ष स्थानको पिएसजी १६ खेलबाट ४१ अङ्क जोडेको छ । दोस्रो स्थानको साबिक विजेता मोनाकोको ३२ अङ्क छ भने तेस्रो स्थानको मार्सेलीको ३१ अङ्क छ ।
“
