निर्वाचनका लागि कर्मचारी खटिए
२०७४ जेठ १५ गते

“काठमाडौं, मंसिर १७ । प्रतिनिधि र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन आउन ४ दिन मात्र बाँकी छ । निर्वाचन आयोगले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
निर्वाचन क्षेत्रमा कर्मचारी पुगिसकेको र आजदेखि मतदान केन्द्रको तयारीमा लाग्ने आयोगले बताएको छ । आयोगका प्रवक्ता नवराज ढकालले आजदेखि सम्पूर्ण कर्मचारी खटिसकेका जानकारी दिनुभयो । आगामी मंसिर २१ गते ४५ जिल्लामा निर्वाचन हुँदैछ ।
दोस्रो चरण अन्तरगत प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा १ करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्ने जनाइएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








