अमेरिकी राष्ट्रपतिको स्पष्टोक्ति : फ्लिनले जे गरे, ठिक गरे

वासिंटन, मंसिर १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पूर्वसुरक्षा सल्लाहकार माइकल फ्लिनले रुसी अधिकारीहरुसँग भेटेर कुनै गल्ती नगरेको जिकिर गरेका छन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनपछि फ्लिनले जे गरे त्यो कानूनतः वैध भएको ट्रम्पको भनाइ छ । यस विषयमा कुनै कुरा नलुकाइएको भन्दै ट्रम्पले चुनावमा रुसी हस्तक्षेपकाबारेमा अनुसन्धान गरिरहेको टोलीसँग फ्लिनले जे बयान दिए, त्यो सही भएको पनि बताए ।

फ्लिनले तात्कालीन रुसी राजदूत सर्गई किसलयाकसँग भेट गरेकोबारे उपराष्ट्रपति र एफबीआईसँग झूठ बोलेका कारण आफूले पदबाट हटाएको भन्दै ट्रम्पले अहिले उनले उक्त कुरा स्वीकारेको पनि उल्लेख गरेका छन् ।

सत्ता परिवर्तनका क्रममा फ्लिनले जे गरे त्यो वैध भए पनि शर्मनाक भने रहेको र लुकाउनुपर्ने केही नभएको पनि ट्रम्पले आफ्नो ट्वीटमा उल्लेख गरेकका छन् ।

फ्लिनले यस प्रकरणमा संलग्न ट्रम्प प्रशासनका अरु व्यक्तिको नाम पनि लिन सक्ने बताइएको छ । उक्त शीर्ष व्यक्ति ट्रम्पको ज्वाई जेरेड कुशनर भएको हुनसक्ने बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *