कास्की २ का उम्मेदवार चालिसे भन्छन्–‘जनताको मतलाई कमाई खाने भाँडो बनाए’

पोखरा, १६ मंसिर । कास्की क्षेत्र नम्बर २ मा प्रतिनीधिसभातर्फ काँग्रेसबाट उम्मेदवारी दिएका देवराज चालिसेले मतदातालाई मत हाल्ने बेलामा ‘तीन चोटी’ सोँच्न आग्रह गरेका छन् । उनले मतदातालाई ‘बारम्बार एउटै व्यक्तिलाई निर्वािचत गराईरहँदा पनि परिवर्तनको आभास पाउन नसकेको’ कुरालाई मनन गर्दै भोट हाल्ने बेला बुद्धीमत्ता निर्णय लिन आग्रह गरेका हुन्।

चुनावी अभियानको क्रममा वडा नम्बर ३३ मा पर्ने लेखनाथको गैरीगाऊँ हुँदै वरपाण्डेथुम थुमा, वरमाझथर सिलिंगे, धारापानी, वरपौवा कुर्लिङ चवादी लगाएतका स्थानमा पुगेका चालिसेले जनमत स्थिर रहेको खण्डमा कुनै पनि खालको परिवर्तन आउन नसक्ने ठोकुवा गरे । ‘अहिले मतदाताहरुले हाम्रो क्षेत्रमा दुईवटा कुरा सोँच्न आवश्यक छ । पहिलो लोकतन्त्र रोज्ने कि साम्यबाद, अनि दोस्रो भनेको विकास रोज्ने कि कसैको कमाउने भाँडो ?’ उनले भने । उनले अघिल्ला निर्वा्चित सदस्यले जनताको भोटलाई कमाई खाने ‘लाइसेन्स’को रुपमा उपयोग गरेको आरोप समेत लगाए ।

त्यसैगरी कास्की क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ‘क’का उम्मेदवा गुरुप्रसाद बरालले मतदातालाई यो चुनावमा दलीय भावनाबाट माथि उठ्न आग्रह गरे। लोकतन्त्रको संस्थागत विकास र संविधान कार्यान्वयनसँगै सम्बृद्धिको लागि अहिलेको चुनाव भैरहेकोले जनता दलीय भावनाबाट माथि उठ्नुपर्ने उनको धारणा छ ।

चुनावी अभियानको क्रममा प्रतिनीधिसभा सदस्य देवराज चालिसेसँगै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ का विभिन्न गाऊँमा पुगेका बरालले यो चुनावमा लोकतन्त्रको पक्षमा मत हाल्न मतदाताहरुसँग अपील गरे । ‘अहिलेको चुनाव खासगरि लोकतन्त्रबादी र अधिनायकबादीबीचको चुनाव हो । त्यसैले लोकतन्त्र चाहनेहरु यतिबेला पार्टीको भावनाभन्दा माथि उठ्न जरुरी छ ।’ बरालले भने–‘लोकतन्त्रले हार्नु भनेको जनताले नै हार्नु हो । यो विषयमा सबैले गहिरो मनन् गर्न आवश्यक छ।’

उनले यतिबेला लोकतन्त्रको पक्षमा बोल्ने पार्टी नेपाली काँग्रेसमात्रै भएको दाबी समेत गरे । लोकतन्त्रबादीहरुले यतिबेला काँग्रेसको पक्षमा मत हालेर लोकतन्त्र बचाउन आवश्यक रहेको उनको भनाई थियो । उनले काँग्रेसलाई हाल्ने मत नै लोकतन्त्र, सम्बृद्धि र राजनीतिक स्थिरताको लागि हाल्ने मत भएको भन्दै जनतालाई नझुक्किन आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *