घाइते उम्मेदवार नारायण कार्की भन्छन्–‘माओवादी केन्द्रले सुनियोजित आक्रमण गर्याे’

मंसिर १६, काठमाडौं । नेपाली कांगेसबाट उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नारायण कार्कीले आफुमाथि नेकपा माओवादी केन्द्रले सुनियोजित ढंगबाट आक्रमण गरेको दाबी गरेका छन् ।

राजधानीको शिक्षण अस्पतालमा उपचार गराईरहेका उम्मेदवार कार्कीले आफु माथि माओवादी केन्द्रबाट आक्रमण भएको दाबी गरेका हुन् । आफ्नो जीत सुनिश्चित भएकाले हार्ने डरले माओवादी केन्द्रबाट आक्रमण भएको उनको तर्क थियो ।

कार्की सहित शिक्षण अस्पतालमा उपचार गराईरहेकी कार्यकर्ता मिरा कटुवालले पनि हार्ने सुनिश्चित भएपछि माओवादी केन्द्रबाट आफुहरुमाथि आक्रमण भएको दाबी गरिन् ।

यही मंसिर १३ गते बुुधबार विहान उदयपुरको नेपालटारमा आयोजित चुनावी सभामा सहभागी हुन जाँदै गर्दा उम्मेदवार कार्कीसहित ७ जना सवार जीप अज्ञात समूहले राखेको एम्बुसमा परेको थियो । उम्मेदवार कार्की, काँग्रेस कार्यकर्ता मिरा कटुवाल, पत्रकार नवराज पौडेल लगायत ४ जना घाईतेको शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *