पूर्वप्रधानमन्त्री खनाल चढेको गाडी नजिकै बम विस्फोट

२०७४ जेठ १५ गते

“मंसिर १६, इलाम । पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार गाडी नजिकै बम विस्फोट भएको छ । शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रमुख विपीन कर्मचार्यले खनाल सवार गाडीलाई लक्षित नभई बाटोमुनिको कान्लाबाट विस्फोटको आवाज आएको बताए । खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा सो विष्फोट भएको थियो ।
प्रजिअ विष्णुप्रसाद पोखरेलले घटना सामान्य भए पनि विस्फोटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन खोजी भइरहेको जानकारी दिए । उनका अनुसार विस्फोट खनाल सवार गाडीभन्दा १५÷२० मिटर पर भएको थियो । प्रहरीले चुनाव विरोधी गतिविधिमा संलग्न भारतीयसहित १३ जनालाई पक्राउ गरेको छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित