सेनाको टोलीद्वारा धनगढीमा भेटिएको बम निष्कृय

धनगढी, पुस १३ । जिल्ला शिक्षा कार्यालय कैलाली नजिकै स्थानीय नरेन्द्र अवस्थीको घर अगाडि राखिएको बमलाई सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

बिहीबार विहान करिब ६ बजेतिर उक्त बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी बम भएको स्थानमा पुगेर सुरक्षा दिएपछि प्रहरीले बोराडाडीस्थित सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । ढिलोगरि पुगेको सेनाको टोलीले बम निष्कृय पारेको हो । बम कसले के उद्देश्यले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

एकाविहानै उक्त बम देखेपछि स्थानीयहरु त्रसित भएका छन् । निर्वाचनका बेला प्रहरी सकृयता व्यापक रहेपनि निर्वाचनपछि भने प्रहरी सुस्त देखिएको छ । दिनहुँजसो सानातिना चोरीका घटनाहरु बढेका छन् । अहिले बम नै फेला परेपछि स्थानीयबासी त्रसित छन् ।

‘चुनावका बेला राती काम परेर निस्कन समेत अप्ठयारो पारेको प्रहरी अहिले कुन दुलामा पसेको छ रु’ स्थानीय हरि लम्सालले भने, ‘चुनावको बेला काम परेर राति अस्पताल हिँडेको मलाई जबरजस्ती गाडीमा हालेर लान खोजे, पछि अस्पतालको कागज देखाएर औषधि लिन जान लागेको भनेपछि मात्रै छोडे ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *