रुकुमका दुईओटा मतदान केन्द्रमा स्थगित निर्वाचन शान्तिपूर्ण सम्पन्न

रुकुम, मंसिर १५ । रुकुमका दुईओटा मतदान केन्द्रमा गत मंसिर १० गते स्थगित निर्वाचन शुक्रबार शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । बाँफीकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाका दुई केन्द्रमा पुनः मतदान सम्पन्न भएको हो ।

६७२ मतदाता रहेको बाँफीकोेट गाउँपालिकामा शुक्रबार ३९७ मत खसेको बाँफीकोट मतदान केन्द्रका मतदान अधिकृत तेजप्रसाद पौडेलले बताए । यस्तै, ७५६ मतदाता रहेको आठबीसकोट नगरपालिकामा ३२१ मत खसेको जनाइएको छ ।

मंसिर १० मतदानकाक्रममा बाँफीकोट गाउँपालिका–५ मा रहेको रत्न निम्न माध्यामिक विद्यालय काँडा ‘क’ केन्द्रमा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको मतपेटिकामा एसिड हालेर जलाइएको थियो ।

आठबीसकोट नगरपालिका–११ गत्तासैनामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्याालय ‘ख’ केन्द्रको समानुपातिकतर्फको मतपेटिकामा पनि एसिड हालिएको थियो । मतपत्रमा एसिड खन्याउने केशव खड्का र कल्पना केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *