त्रि–चन्द्र कलेजको केन्द्रीय पुस्तकालयमा शंकास्पद बस्तु फेला

काठमाडौं, मंसिर १५ । काठमाडौंस्थित त्रि–चन्द्र कलेजको केन्द्रीय पुस्तकालयमा भेटिएको शंकास्पद वस्तुका कारण सुरक्षालाई ध्यानमा राखेर उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई डाइभर्सन गरेर चलाइएको छ ।

केशरमहल र रानीपोखरीबाट जमल हुँदै तीनधारा पाठशालातर्फ आउने सवारी साधनलाई डाइभर्सन गरिएको हो । केशरमहलबाटै गरिएको डाइभर्सनले गर्दा यतिबेला लैनचौर र ठमेलबाट केशरमहलतर्फ आउने सवारी साधन सामान्य जाममा छन् ।

त्यस्तै जमलबाट पनि गरिएको सवारी डाइभर्सनका कारण जमल क्षेत्रमा पनि सवारी साधन जाममा रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

शंकास्पद वस्तुलाई निष्क्रय गर्न नेपाली सेनाको डिस्पोज टिमसंग समन्वयको कार्य भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *