‘डा. सुनिल शर्मालाई भोट नदिनेले तड्पिएर मर्नुपर्छ’
“
मोरङ, मंसिर १५ । हिउँझै सेताम्य कपाल । जामाझै मुज्जा परेका गाला अनि असी कटेर बसी खाने उमेर । एक पाइला चाल्न बैशाखीको सहारा लिनुपर्ने उहाँहरु डा. सुनिल कुमार शर्मालाई हेर्न आधा घण्टादेखि त्यहाँ चिन्तित मुद्रामा कुरिरहनुभएको थियो । डा. शर्मा त्यहाँ पुग्न नपाउँदै तालीको ‘पटटटट’ गुञ्जियो । अनि कार्यक्रम रफ्तारमा अघि बढ्यो ।
डा. शर्मालाई आफ्नो अगाडि प्रत्यक्ष देख्न पाउँदा खुसी त नदेखिने कुरै भएन तर त्यो भन्दा बेसी चिन्तित देखिनुहुन्थ्यो । कारण एउटै रहेछ–‘यसपालि डा. सुनिल कुमार शर्माले चुनाव हारे भने यो क्षेत्रको परिचय हराउँछ ।’
मोरङ क्षेत्र नम्बर–३ को चुनावी माहोलले अन्तिम रुप लिन आगामी २१ गतेसम्म कुर्नुपर्नेछ । त्यसपछि यहाँका जनताले ढुक्कसँग पाँच वर्षसम्मका लागि स्थायी जनप्रतिनिधि पाउँने छन् भने सो क्षेत्रका स्थानीय बासिन्दाहरु ‘पार्टी होइन व्यक्तिको क्षमता हेरिन्छ र भोट दिइन्छ’ भन्दै वामगठबन्धनबाट ‘टुरिष्ट’ उम्मेद्वार बनेका भानुभक्त ढकाललाई आफूहरुले देख्दै नदेखेको पनि बताउँदै आएका छन् ।
बिहीबार पथरीशनिश्चरे बजारमा ज्येष्ठ नागरिक समन्वय समितिद्वारा आयोजित सम्मान कार्यक्रममा एक हजार भन्दा बढी बयोवृद्ध÷वृद्धा (आमा–बुवा)हरु चाउरी परेका गालामा चिन्तित मुद्रामा देखिनुहुन्थ्यो भने केहीँ डा.शर्मालाई आफू अगाडि कुर्सीमा बसेको देख्न पाएकोले एकोहोरिएको देखिन्थ्यो ।
प्राय सबैलाई डा. सुनिल कुमार शर्मा को हुन् ? भनेर चिनाइरहनु नपर्ने । समाजमा पुर्याएको योगदानले डा. शर्मा सबैसामू काफी रहेछन् ।
आफूभन्दा केही मिटर पर ड्यासमा बसेका प्रमुख अतिथि तथा प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्वार डा. सुनिल कुमार शर्मालाई औल्याउँदै विराटनगर नोबेल हस्पिटलका मालिक उहाँ नै हो । ‘थाहा पाइराख्नु ! उहाँले हामीजस्ता ‘आज हो कि भोलि’ भनेर दिन र रात कटाउँदै गर्दा बिरामी पर्नेहरुको धेरै ज्यान बचाउनुभएको छ ।’ पथरीशनिश्चरे–१ का ९१ वर्षीया रनकुमार खरेल भन्नुहुन्छ,‘उहाँ हाम्रो लागि यो क्षेत्रको मात्रै नभएर राष्ट्रकै लागि भगवान् हुनुहुन्छ ।’
‘यसपालि हामीले देवता उम्मेद्वार पाएका छौँ’पथरी बजारनजिकै बस्ने ७३ वर्षीया सन्तवीर सुनार भन्नुहुन्छ,‘उहाँले यहाँको सयौँ गरिब तथा निमुखा जनताका छोराछोरीको भविष्य कोरिदिनुभएको छ । एक जनाले यतिका धेरै काँध हाल्न सक्छ भने राज्यले किन सक्दैन ?’ असी लाग्ने बेला आफूलाई अब केही नै चाहियो र ? प्रश्न गर्र्दै भन्छन्,‘हाम्रा सन्ततीहरुले राम्रो गति लिउन् ।’
पथरीशनिश्चरे–१ कै स्थायी बासिन्दा ७२ वर्षीया डम्बरु भट्टराईको भने डा. शर्माप्रति फरक अभिमत सुनियो । एक हजार जति वृद्धाहरुमध्ये आधाभन्दा बेसीको नोबेलले निःशुल्क उपचार गरिदिएको बताउँदै उहाँ भन्नुहुन्छ,‘डा. सुनिल शर्मालाई भोट नदिनेले तड्पिएर मर्नुपर्छ । उहाँ कुरा होइन काममा विश्वास गर्नुहुन्छ । उहाँलाई मैले नजिकबाट चिनेको छु ।’
जीवनमा देख्दै नदेखेको मान्छेलाई यहाँको उम्मेद्वार बनाएपछि यो क्षेत्रको परिचय हराउँने डर रहेछ रहेछन्,पथरी–४ का रुद्रप्रसाद दुलाललाई । उहाँ भन्नुहुन्छ,‘विदेशको मान्छेलाई यहाँ चुनाव लडाएर जिताउँदा कस्तो बन्ला देशको हालत ?’ एमालेले चिन्दै नचिनेको ‘पाहुना’ लाई उम्मेद्वार बनाएको प्रति रोस प्रकट गर्दै उहाँले अन्त्यमा भन्नुभयो,‘यदि यसपालि डा. सुनिल शर्माले चुनाव जितेनन् भने यहाँको परिचय पत्तासाफ हुनेछ । विकासका लागि त पाँच वर्ष होइन दश वर्ष कुर्नुपर्नेछ ।’ यसकारण यहाँको संस्कृति, रीतिरिवाज, परम्परा र चालचलन थाहा नहुने व्यक्तिलाई ‘क्यान्डिटेट’ बनाएको एमालेले आफ्नो विरासत गुमाएको पनि उहाँले ठोकुवा गर्नुभयो ।
“