राष्ट्रिय एकताका लागि महागुरु फाल्गुनन्दको दर्शन उपयोगी : प्रधानमन्त्री

कात्तिक २५, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता कायम गर्न महागुरु फाल्गुनन्दको दर्शन सर्वपयोगी हुने बिचार ब्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति एवं किराँत धर्मका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै धार्मिक, सामाजिक सुधार र अनुशासित आचरणका लागि महागुरु फाल्गुनन्दले देखाउनुभएको मार्ग आजको सन्दर्भमा पनि हामी सबैको लागि उत्तिकै अनुशरणीय रहेको उल्लेख गरेका छन् ।

महागुरु फाल्गुनन्द किराँत धर्मका महान् गुरु हुनुका साथै समाज सुधारकसमेत हुनुभएको र किरात धर्म, संस्कार र संस्कृतिको उत्थान तथा संरक्षणका निमित्त उहाँले दिनुभएको योगदान उल्लेखनीय रहेको प्रधानमन्त्री देउवाको शुभकामना सन्देशमा उल्लेख छ । प्रधानमन्त्री देउवाले सन्देशमा भनिएको छ— “नेपाल विविध धर्म र संस्कृतिको संगमस्थल हो, लोकतन्त्रको छहारीमा मात्र मुलुकमा नागरिक अधिकारको रक्षा हुने हुँदा सबै धर्म र संस्कृतिले महत्व पाउन सम्भव छ । यसका लागि मुलुक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनतर्फ अग्रसर भइसकेको हालको परिप्रेक्ष्यमा निर्वाचनमा सहभागी भएर यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अनुरोध गर्दछु ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *