नेपाली काँग्रेसलाई निर्वाचनविरोधि गतिविधि नगर्न चेतावनी

मंसिर १४, काठमाडाैं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले सरकार र सत्तारुढ नेपाली काँग्रेसलाई निर्वाचनविरोधि गतिविधि नगर्न चेतावनी दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका उनले निर्वाचन आचारसंहिता उलंघन भईरहेको भन्दै तत्काल बन्द गर्न पनि सरकारलाई सचेत गराए ।

विहिबार काठमाडौंमा आयोजित संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले बजेट रकमान्तर, कर्मचारीहरुको सरुवा-बढुवा गरेर निर्वाचन आचारसंहिताको ठाडो उलंघन गरिरहँदा समेत निर्वाचन आयोग मौन देखिएको भन्दै आपत्ति जनाए ।

उनले सरकार र सत्तारुढ काँग्रेसकै आडमा देशका विभिन्न भागमा बम विष्फोट लगायतका घटना घटिरहेको आशंका पनि व्यक्त गरे ।

महासचिव पोखरेलले बाम गठबन्धन विजयी हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अत्तालिएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *