खेतमा मतदाता, खेतमै उम्मेदवार

मङ्सिर १२, भरतपुर । मङ्सिर २१ गते हुने निर्वाचनका उम्मेद्वारहरुले यति बेला जनताको घरदैलोमा पुग्ने कार्यक्रमलाई तीव्र पारेका छन् । ‘हेभिवेट’ उम्मेदवारदेखि प्रदेश सभाका उम्मेदवारहरुले घरदैलो कार्यक्रमहरुलाई तीव्रता दिएका हुन् । यति बेला घरदैलो कार्यक्रममा नयाँ शैली देखिएको छ । नाम घरदैलो कार्यक्रम दिए पनि उम्मेदवारहरु जहाँजहाँ मतदाता त्यहीँ उम्मेदवार पुगेका छन् ।

कुनै पनि दलका उम्मेदवार यस पटक घरदैलो कार्यक्रमबाट चुकेका छैनन् । अति कम होलान् उम्मेदवार नपुगेका गाउँहरू । पहिलेपहिले चुनावमा घरदैलो कार्यक्रममा उम्मेदवार नपुगेका गाउँ प्रशस्त थिए, तर अहिले उम्मेदवारको कार्यशैली देख्दा कुनै गाउँ घरदैलो कार्यक्रमबाट छुटेका छैनन् । मतदाता खेतमा भए उम्मेदवार पनि खैतमै पुगेका छन् । मतदाता कुनै चौकमा भए उम्मेदवार चौकमै पुगेका छन् । मतदाता गोठमा भए उम्मेदवार गोठमै पुगेका छन् । मतदाता बाटोमा हिँडिरहेको भए उम्मेदवार हिँडेर साथ दिँदै आफ्नो चिन्हमा भोट हाल्न अनुरोध गरेका छन् ।

बाम गठबन्धनबाट चितवनको निर्वाचन क्षेत्र नम्बर तीन प्रदेश सभा ‘ख’ का उम्मेदवार रामलाल महतोले घरघरमात्र होइन, खेतमै पुगेर मतदातासँग भोट मागिरहेका छन् । बामबाटै प्रदेश ३ को ‘क’ का उम्मेदवार कृष्ण भुर्तेल पनि बाम गठबन्धनबाट खेतखेतमै गएर भोट मागिरहेका छन् । शारदानगर, गुञ्जनगर, भीमनगरलगायतका क्षेत्रमा उनी खेतखेतमा पुगेर मत मागिरहेका थिए । उनले भने, ‘जनतालाई आफ्नो उम्मेदवार किन र केका लागि भन्ने विषयमा विश्वास दिलाउन आफू खेतखेतमा पुगेर जनतासँग मत मागेको बताए ।

लोकतान्त्रिक गठबन्धनबाट प्रदेश ३ को ‘क’का उम्मेदवार दिनेश कोइराला पनि जहाँजहाँ मतदाता छन्, त्यहीँत्यहीँ पुगेर मत मागिरहेका छन् । यसअघि स्थानीय चुनावमा टिकट पाएर पनि पछि फिर्ता गरेका कोइरालाले घरआँगन, खेतबारी सबै ठाउँमा पुगर मतदातासामु भोट मागिरहेका छन् ।

बाम गठबन्धनका समानुपातिक उम्मेदवार अम्बिका लामिछाने पनि मतदातासँग मत माग्नमा व्यस्त थिइन् । नेपाली काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ पनि जहाँजहाँ मतदाता छन्, त्यहीँत्यहीँ पुगेर मत मागिरहेका छन् । जीतनारायण क्षेत्र नम्बर २ को प्रदेश सभाको ‘क’ का उम्मेदवार हुन् । उनी पनि गोठगोठमा पुगेर मतदातासामु मत मागिरहेको देखिन्थे । जहाँजहाँ मतदाता छन्, त्यहाँत्यहाँ उनी पुगेका छन् । उनले बारीमा बसेका मतदातालाई बारीमा भेटर, बाटाघाटा चौतारीमा बसेका मतदातालाई त्यहीँ भेटर मत मागेका थिए । प्रदेश सभाका क्षेत्र २ का ‘ख’ का उम्मेदवार विजय सुवेदी पनि जहाँजहाँ मतदाता छन्, त्यहीँत्यहीँ पुगेर मत मागिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *