चितवनमा हावाहुरीले केराखेती सखाप

किशोर खनाल । रत्ननगर । पूर्वीचितवनमा गत राति आएको हावाहुरीले केराखेती सखाप पारेको छ । बर्सेनि आउने हावाहुरीले सयौं बिघाको केरा नष्ट गर्ने गरेका कारण किसानहरुले व्यवसायिक घाटा ब्यहोर्दै आएका छन् । तर, राज्यले केरा किसानलाई क्षतिपूर्ति दिन सकेको छैन । खैरहनीको चैनपुर र रत्ननगरको पिठुवा क्षेत्रमा लगाइएको करिब तीन करोड मूल्य बराबरको केरा हावाहुरीले नष्ट गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

मंगलबार राति आएको हावाहुरीले एक लाख वटा केराको बोट नष्ट गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । पिठुवामा ३५ हजार बोट र चैनपुरमा ६५ हजार बोट केरा नष्ट भएको उनले जानकारी दिए । ७० हजार बिघा क्षेत्रफलमा लगाएको केरा खेती नष्ट भएको उनले जानकारी दिए । यो प्रारम्भिक विवरण मात्र हो उनले भने एकिन विवरण आउन भने एकदुई दिन लाग्ने छ । संघ र जिल्ला कृषि विकास कार्यालयको टोलीले अनुगमन गरिसकेपछि मात्र क्षतिको एकिन विवरण आउने संघका अध्यक्ष पन्तले जानकारी दिए । मंगलबार रातिको हावाहुरीले आफ्नो मात्र ४० लाख मूल्य बराबरको केरा नष्ट भएको जानकारी दिए । चितवनमा २०५६ सालदेखि बर्सेनि हावाहुरीले केरा खेती नष्ट गर्दै आएको उनले बताए ।

मंगलबार आएको हावाहुरीले संघका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीको २० बिघा क्षेत्रफलमा लगाएको केरा नष्ट गरेको छ । ‘हावाहुरीले १४ हजार बोट नष्ट ग¥यो’, उनले भने, ‘त्यो अहिलेको बजार मूल्य अनुसार ७० लाख हुन आउछ ।’ संघका अध्यक्ष पन्तको पनि १० बिघाको केरा खेती हावाहुरीले नष्ट गरेको छ । ‘१० बिघाको केरा ९५ प्रतिशत नष्ट भयो’, उनले भने, ‘हामी फेरि पनि बर्बाद भयौं ।’ केही तयारी अवस्थाको र केही तयारी हुँदै गरेको केरा ढलेको भन्दै उनले हावाहुरीले किसानको लगानी ढुबाएको बताए ।

चैनपुरमा केरा खेती गर्दै आएका अर्का किसान ठाकुरप्रसाद सापकोटाको पनि ६ बिघा क्षेत्रफलमा लगाएको केरा खेती हावाहुरीले नष्ट गरिदिएको छ । ‘यसपाली पनि हावाहुरीले डुबायो’ उनले भने, ‘राज्यले क्षतिपूर्ती दिँदैन बर्सेनि घाटा व्यहोर्नु प¥यो । ‘६ बिघामा २/४ बोट मात्र बाँकी होला’ उनले भने, ‘केही पनि नराखी सखाप पा¥यो ।’ हावाहुरीले नष्ट गरेको वर्ष लगानी पनि उठ्दैन संघका अध्यक्ष पन्तले भने, ‘यस्तो भएपछि किसान कसरी टिक्न सक्छ ।’ बर्सेनि हावाहुरीले केरा नष्ट गर्न थालेपछि चितवनका २१० जना किसानले केरा खेतीको बिमा गरेका छन् । तर, अहिले नष्ट भएको चैनपुर क्षेत्रमा अधिकांश किसानहरुले केराको बिमा गरेका छैनन् । बिमा नगरेका अधिकांश किसानको केरा नष्ट भएको अध्यक्ष पन्तले बताए । चितवनमा ६३० जना किसानले दुई हजार ६५० बिघा क्षेत्रफलमा व्यवसायिक रुपमै केरा खेती गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nine =