ईपिएसको आठौँँ भाषा परीक्षा शनिबारबाट काठमाडौँमा शुरु

काठमाण्डौ । रोजगार अनुमति प्रणाली (ईपिएस) को आठौँँ भाषा परीक्षा शनिबारबाट काठमाडौँमा शुरु भएको छ । शनिबार र आइतबार संचालन हुने परीक्षाको लागि कोरीया इपिएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

ईपिएस परीक्षाको लागि ७५ हजार ५ सय ८० जनाले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ७ सय ९६ जना महिला तथा ६५ हजार सात सय ८४ पुरुष आवेदक रहेका छन् । परीक्षामा सहभागी मध्ये १० हजार २ सय उत्र्तीण परीक्षार्थी सन् २०१८ मा कोरिया जान पाउनेछन् । ४ हजार उत्पादन क्षेत्रमा र ६ हजार २ सय कृर्षि क्षेत्रमा काम गर्न कोरिया जानेछन् ।

कोरिया सरकारले सन् २०११ पछि सबैभन्दा बढी कामदार सन् २०१८ मा लैजान लागेको हो । गतवर्षको परीक्षामा ३५ सय १७ जना उत्तीर्ण भएका थिए । कोरिया सरकारसँग सन् २००७ मा सम्झौता भएपछि नेपाल सरकार आफैँले सन् २००८ बाट कोरियामा कामदार पठाउँदै आएको छ ।

हालसम्म ४४ हजारभन्दा बढी नेपाली युवाहरु रोजगारीका लागि कोरिया पुगिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *