इण्डोनेसियामा ज्वालामुखी फुट्ने खतरा बढेपछि एक लाख मानिसलाई अन्यत्र जान चेतावनी
२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर १२ । इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरा बढेपछि त्यहाँका एक लाख मानिसलाई अन्यत्र जान चेतावनी दिइएको छ । इन्डोनेसियाको प्रशासनले बाली द्वीपमा उच्चस्तरीय चेतावनी दिँदै तत्काल आसपासको क्षेत्र खाली गर्न चेतावनी दिएको हो ।
प्रशासनले त्यहाँको विमानस्थल पनि बन्द गरिदिएको छ । जसका कारण कयौं यात्रु अलपत्र परेका छन् । माउन्ट आगुंगमा ३ हजार ४ सय मिटरको उचाईसम्म खरानी र धुँवाको मुस्लो फैलिएको वीवीसीले लेखेको छ । हिजो मात्रै ४० हजार मानिस अन्यत्र सरिसकेका छन् । ज्वालामुखीको घर मानिने इण्डोनेसियामा १३० ज्वालामुखी सक्रिय छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








