आज दसौँ गणतन्त्र दिवस, ७ सय ५९ जना कैदीहरु सजाय माफी

जेठ–१५, काठमाडौँ । आज दसौँ गणतन्त्र दिवस हो । सरकारले यसपटकको गणतन्त्र दिवस भव्यताका साथ मनाउँदै छ । यसै अवसरमा ७ सय ५९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय माफी भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूको बाँकी सजाय माफी गरिदिएकी हुन् । “मन्त्रिपरिषद्को सिफारिसमा दसौँ गणतन्त्र दिवस, २०७४ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ७५९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जेठ–१५, काठमाडौं । आज दसौं गणतन्त्र दिवस हो । सरकारले यसपटकको गणतन्त्र दिवस भब्यताका साथ मनाउँदै छ । यसै अवसरमा ७ सय ५९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय माफी भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूको बाँकी सजाय माफी गरिदिएकी हुन् । “मन्त्रिपरिषद्को सिफारिसमा दसौं गणतन्त्र दिवस, २०७४ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ७५९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सरकारले आजै विविध कार्यक्रम समेत गर्दैछ । हिजो गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष चियापान समारोह गर्नु भएको थियो । 
गुगल डुडलमा गणतन्त्र दिवस
दशौं गणतन्त्र दिवसको अवसरमा प्रख्यात गुगलले आफ्नो डुडलमा गणतन्त्र दिवस झल्काउने लोगो राखेको छ । गुगलको डुडलमा नेपालको झण्डा फहराइरहेको छ भने, अङ्ग्रेजीमा Nepal Republic day 2017 लेखिएको छ ।








