सुरक्षामा चुनौतीका चाङः कुन प्रदेश सुरक्षा दृष्टिकोणले बढी संवेदनशील ?

मंसिर १२, काठमाडाैं । पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा चुनाव छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि दोस्रो चरण चुनाव बढी संवेदनशील र चुनौतीपूर्ण हुने निष्कर्ष सुरक्षा निकायले निकालेका छन् । मंसिर २१ गते सात प्रदेशका बाँकी ४५ जिल्लामा चुनाव हुँदै छ । पहिलो चरणको चुनावी तयारी गरिरहेकै बेला ४० भन्दा बढी स्थानमा बम विस्फोट भयो भने सयभन्दा बढी स्थानबाट विस्फोटक पदार्थ बरामद भयो । निर्वाचन बिथोल्न खोज्नेहरू पाँच सयभन्दा बढीको संख्यामा पक्राउ परे ।

पहिलो चरणको चुनावमा सरकारले चुनावी सुरक्षा चुनौतीका रूपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीलाई मात्रै औंल्याएको थियो । तर दोस्रो चरणमा विप्लवसँगै तराईका सशस्त्र समूह, सीके राउत, भोट खरिदबिक्री, सीमामा लुकेर बसेका आपराधिक समूह, खुला सिमानाका कारण हतियार तथा विस्फोटक पदार्थ सजिलै भित्रन सक्नेलगायत चुनौती थपिने आकलन गरिएको छ । दोस्रो चरणमा खासगरी प्रदेश नम्बर २ लाई बढी संवेदनशील र सुरक्षा दृष्टिकोणले पनि चुनौतीपूर्ण मानिएको छ ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

यी हुन् चुनौती

– नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता
– खुला सिमाना
– विस्फोटक पदार्थ सजिलै भित्रन सक्ने
– मधेसमा विद्यमान सुरक्षा संवेदनशीलता
– भोट खरिद-बिक्री
– आपराधिक समूहको सक्रियता

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =