वैज्ञानिक बन व्यवस्थापनमा नयाँ आयामः रुखहरु कहाँ काटिँदैछन् ?

“
मंसिर १२, काठमाडाैं । दुई वर्षअघि पुस महिनाको पहिलो साता व्यवस्थापिका संसद्को वातावरण समितिले वैज्ञानिक वा व्यवस्थापनमा रोक लगायो । उमेर पुगिसकेका बुढा रुख काट्नसमेत प्रतिबन्ध लाग्यो । यसको कारणमा यसरी काटिएका रुख बेचविखनमा मदमासी हुन्छ भन्ने समितिका सदस्यको दाबी थियो ।
समितिको यो निर्णयबाट वनविज्ञ बढेपछि समितिले आफ्नो निर्णय फिर्ता लियो । त्यति बेला समितिका सदस्यले व्यक्त गरेको चासोलाई नवलपुरासीका जिल्ला बन अधिकृत विजयराज सुवेदीले अहिले सम्बोधन गरेका छन् ।
उनले वैज्ञानिक वन व्यस्थापनलाई पारदर्शी बनाउनउ बनजंगलका रुख र तीबाट निस्कने काठ व्यवस्थित गर्न एक किसिमको सफ्टवेयर विकास गरेका छन् । उनले वन व्यवस्थापनका क्रममा काट्नुपर्ने रुखको विवरण मोबाइलमा भएका सफ्टवेरमा राखेका छन् । मोबाइलमा राख्नेवितिकै ती रुखहरु काटिँदैछन् भन्ने जानकारी प्राप्त हुन्छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
“








