उम्मेदवारलाई लक्षित गरी बम प्रहार
२०७४ जेठ १५ गते

“
मङ्सिर ११, दाङ । दाङमा उम्मेदवारलाई लक्षित गरी आज बम प्रहार भएको छ । अपराह्न करिब ४:१५ बजे क्षेत्र नं २ खमा नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर न्यौपाने चढेको रा १ ज ६१२ गाडीलाई लक्ष्य गरी बम प्रहार भएको हो ।
तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटबाट सदरमुकाम फर्कने क्रममा न्यौपाने चढेको गाडीलाई लक्ष्य गरी संक्राममा बम प्रहार भएकामा गाडीभन्दा केही दूरी अगाडि बम विस्फोट भएको थियो । बम प्रहारबाट कुनै क्षति नभएको काँग्रेसले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








