निर्वाचन सकिएसँगै रसुवागढी नाका सुचारु

 
रसुवा, मंसिर ११ । नेपाल र चिनबिच संचालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढी गए राति १२ बजेबाट सुचारु भएको छ । पहिलो चरणमा हिजो भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर राख्दै ७२ घण्टाका लागि बन्द गरिएको नाका निर्वाचन सकिएसँगै सुचारु भएको हो ।

नाका सुचारु भएसँगै रसुवागढीबाट १९ वटा कन्टेनर सामाग्री लिनका लागि केरुङ तर्फ गएको र २७ वटा मालबाहक कन्टेनर केरुङबाट नेपालतर्फ आएको प्रहरी नायब उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताउनुभएको छ । यस्तै अन्तराष्ट्रिय नाकाको रुपमा घोषित रसुवागढीमा ३ सय भन्दा बढी कन्टेनर केरुङ जाने तयारीमा रहेको समेत थापाले बताउनुभएको छ ।

निर्बाचन गतिबिधिमा अबरोध पुराई सिमा पार गरि चिन तर्फ जान सक्ने अबस्थालाई मध्यनजर गर्दै बन्द गरिएको नाका सुचारु भएसँगै नाकामा चहलपहल बढेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + four =