यौन दुर्व्यवहारको आरोप लागेका अधिकारकर्मीद्वारा राजीनामा

एजेन्सी । अमेरिकाका एक जना चिरपरिचित नागरिक अधिकारकर्मी जन कनयर्जमाथि यौनदुर्व्यवहारको अभियोग लागेपछि उनले संसद्को न्यायिक समिति सदस्यबाट राजीनामा दिएका छन् । ८८ वर्षीय डेमोक्र्याट कनयर्ज सन् १९६० को दशकमा राष्ट्रपति लिण्डन जनसनको मातहतमा काम गर्ने अन्तिम सांसद थिए ।

कनयर्जले भने आफूमाथिका अभियोग अस्वीकार गर्दै आफ्नो नाम चोख्याउन राजीनामा दिएको बताएका छन् । अमेरिकी सञ्चारमाध्यम, हलिवूड र राजनीतिका प्रभावशाली व्यक्तिविरुद्ध यौन दुर्व्यवहारको अभियोग श्रृंखलावद्ध रूपमा लागिरहँदा उनको यो निर्णय आएको हो ।

मिसिगनका यी सांसदकी एक जना कर्मचारीले आफूले यौन प्रस्ताव अस्वीकार गरेपछि आफूलाई जागिरबाट निकालिएको अभियोग लगाएकी छन् । प्रभावशाली मानव अधिकारकर्मी कनयर्जले सन् १९६५ मा संसद् प्रवेश गरेका थिए । संसद्को आचारसंहिता सम्बन्धी समितिले यौन दुर्व्यवहार र उमेर विभेद लगायतका अभियोगमाथि अनुसन्धान थालेको छ ।

सन् २०१५ मा एक जना महिलाले यौन प्रस्ताव अस्वीकार गर्दा पदबाट हटाइएको थियो भन्ने अभियोग गोप्य राख्ने सर्तमा उनले ती महिलालाई २७ हजार डलर तिरेका थिए भन्ने खबर गत बिहीबार आएको थियो । रिपब्लिकनका सभामुख पल रायनले उक्त अभियोगलाई ‘अति समस्याकारी’ भनेका छन् । उनले हालै सांसदहरु र कर्मचारीहरुले यौन दुर्व्यवहारविरुद् जुध्नका लागि दिइने तालिम गर्नुपर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =