यस्ता पनि कानुन…

विश्वका विभिन्न देशमा अनेकथरी कानून छन् । कतिपय कानून यस्ता बेतुकका छन् र अजीव पनि छन् । त्यस्ता कानूनको पालना गर्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ । यस्ता कानूनहरु कतिपय केवल किताबका पानामा मात्र पनि सीमित छन्, केही पालना पनि भइरहेका छन् ।

दुुनियाँका यस्तै अनौठामध्येका केही कानून यस्ता छन्: क्यानडाको अल्बर्टा प्रान्तमा बजारमा किनमेल गर्दा कसम खानु तथा चिच्याउन सख्त प्रतिबन्ध छ । यदि कसैले यस्तो गरेको पाइएमा जरिवाना तिर्नुपर्दछ ।

अमेरिकाको फ्लोरिडा राज्यमा आइतबारको दिन कुमारी कन्याले स्काइ डाइभ गर्नु कानूनतः बन्देज छ । बोलिभियाको राजधानी लापाजमा विवाहित महिलाले दिनमा एक गिलास भन्दा धेरै वाइन पिउन मनाही छ ।

इटालीको काप्री टापुमा केटीहरुले चप्पल लगाएर हिँडिरहँदा चप्पल प्याटप्याट गरी पड्काउन अर्थात् आवाज निकाल्न प्रतिबन्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =