त्रिशुली बस दुर्घटना अपडेट : १९ जनाको मृत्यु


काठमाडौं, कात्तिक ११ । शनिबार बिहान धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकहरुको पहिचान भने खुल्न सकेको छैन ।

दुर्घटनामा १९ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको पुष्टि भए बसमा कति यात्रु भन्ने खुलेको छैन ।

बीच बाटोबाट पनि यात्रुहरु चढेकाले बसमा कति यात्रु थिए भन्ने थाहा हुन नसकेको हो । घाइतेहरुका अनुसार बसमा करीब ५० जनाभन्दा बढी यात्रु थिए ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 5 =