विवाह गरेको तीन दिनमै नवदम्पतीको दुर्घटना, दुर्घटनामा सातको मृत्यु

मंसिर ९, रुकुम । पश्चिम रुकुमान जीप दुर्घटनामा परि नवदम्पत्ती सहित सात जनाको मृत्यु भएको छ । रुकुमको मुसिकोट नगरपालिका ६ डाडीगाउँमा शुक्रबार साँझ जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा सिस्ने गाउँपालिका ६ का नविन श्रेष्ठ, उनकी श्रीमती अनिता प्रधान, मुसिकोट नगरपालिका १ का सुदन श्रेष्ठ, उनका बुवा शेरबहादुर श्रेष्ठ, जनक शाह, मुसिकोट नगरपालिका १ की सूर्यखा शाह र त्रिवेणी गाउँपालिका १ की यमुना मल्ल छन् ।

मृतक नविन श्रेष्ठ प्रहरी निरीक्षक हुन् । उनले तीन दिनअघि अनितासँग बिहे गरेका थिए । बिहे सकेर काममा फर्किँदै गर्दा जिप दुर्घटना भएको थियो ।

घाइतेको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल सल्ले लगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =