आगामी साता सलमान र डाक्टर गुलाटीको कार्यक्रम आउने

अभिनेता सलमान खान डाक्टर महसुर गुलाटी अर्थात् सुनील ग्रोवरसँग मिलेर आफ्नो फिल्म ‘ट्युबलाइट’को प्रचार गरिरहेका छन् ।

यसअघि सलमानले आफ्ना फिल्मको प्रचार कपिल शर्माको ‘द कपिल शर्मा शो’ मा गरिरहेका थिए तर कपिल र सुनीलको आपसी विवादका कारण सुनीलले शो छाडिसकेका थिए । अहिले आएर सलमानले पनि कपिलको शोलाई वेवास्ता गर्दै सुनीलसँग सहकार्य गरेका छन् ।

सोनी च्यानलले ‘ट्युबलाइट’को प्रचारका लागि सलमान र सुनील सहित अन्य कलाकारसँग मिलेर पुरै दुई घण्टाको कार्यक्रम बनाएको हो । यो कार्यक्रमको नाम ‘सुपरनाइट वीद ट्युबलाइट’ राखिएको छ ।

सलमान र सुनीलको यो खास कार्यक्रम यही १८ तारिखमा ‘द कपिल शर्मा शो’ कै समयमा आउने बताइएको छ । यदि यसो भएमा, सलमान र सुनीलको कार्यक्रमको कारण उक्त दिन ‘द कपिल शर्मा शो’ आउने छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =