कास्की तीनमा बाम गठबन्धनकाे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

मङ्सिर ८, पोखरा । चुनावी दिन नजिकिदै जाँदा कास्की क्षेत्र नम्बर ३ का वाम गठबन्धन दलका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । कास्की ३ मा पर्यटन, कृ्षि, सडक र युवा उद्यमशिलतालाई प्राथमिकता दिँदै सामाजिक रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएकाे छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षालय स्थापना गर्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वच्छ पिउनेपानीलाई प्राथमिकतामा राखिएको छ । प्राकृतिक स्रोत र साधन संरक्षण गर्दै पर्यटकीय केन्द्र बनाउने एजेन्डा पनि प्रतिवद्धतापत्रमा उल्लेख छ । पोखराको फेवाताल, लेकसाइड, सराङ्कोट,कास्कीकोट, घान्द्रुक, लान्द्रुक, धम्पुस, लुम्ले, पञ्चासे लगायतका अन्य पर्यटकीय क्षेत्रको विकास र समृद्धिमा विशेष पहल गरिने उल्लेख गरिएको छ ।

प्रत्येक गाउँ, वडा र टोल जोड्ने सडकहरुको विकास गर्नुका साथै कच्ची सडकहरु स्तरोन्नति गर्दै चक्रपथ निर्माणको नीति लिइएको छ । सम्भाव्यताको आधारमा सुरुङमार्ग, केबुलकार सञ्चालन प्राथमिकतामा परेको छ । फेवातालको सिरानमा खहरे खोलामा मोटरेबल पुल तथा झोलुंगे पुल निर्माण गर्दै पञ्चासे संरक्षण क्षेत्रको योजना बनाइने बाम गठबन्धनको प्रतिबद्धता छ । यसमा पोखरा जोमसोम कोरला हुँदै चीन जोड्ने, पोखरा भिमाद कावासोती, भैसालोटन हुँदै भारत जोड्ने प्रदेश नं ४ को राष्ट्रिय राजमार्ग निर्माणमा जोेड दिइएको छ ।

कास्की क्षेत्र नं ३ बाम गठबन्धनका साझा उम्मेदवार जगत विश्वकर्माले समग्र मुलुक विकासका लागि स्थायी सरकारको नेतृत्व र भूमिका वाम गठबन्धनले गर्नु अपरिहार्य रहेको बताए । प्रदेशका उम्मेदवार राजीव पहारीले अब युवाहरूलाई आफ्नै ठाउँमा रोजगारी सृर्जना गर्ने र आर्थिक सवृद्ध हासिल गर्ने बताएका थिए । उनले अब, आफूले काम गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =