घोषणपत्रविना नै उम्मेदवार घरदैलोमा, भोजभत्तेरमा ध्यान !

काठमाडौं, कात्तिक २१ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका उम्मेदवार चुनावी घोषणपत्रविना नै घरदैलो कार्याक्रममा सक्रिय छन् ।

सत्तारु नेपाली कांग्रेसले औपचारिक रुपमा घोषणापत्र सार्वजनिक गरे पनि अन्य दलले भने घोषणपत्र सार्वजनिक गर्न सकिरहेका छैनन् । कांग्रेसले पनि आफ्ना उम्मेदवारलाई घोषणापत्र उपलब्ध गराउन सकेको छैन ।

टिसर्ट छपाई र भोजपतेरमा बढी ध्यान दिएका उम्मेदवारको झोला र गाडीमा समेत चुनावी घोषणापत्र फेला पार्न मुस्किल छ ।

सिन्धुलीपाल्चोक, जुगल गाउँपालिकाका रामबहादुर तामाङले पार्टीका घोषणापत्र पढ्न नपाएको गुनासो गरे ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *