निर्वाचन विरोधी गतिविधि गर्ने १६ जना पक्राउ

मङ्सिर ८, चितवन । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका जिल्ला इन्चार्ज लालबहादुर विसीदेखि सामान्य कार्यकर्तासम्म पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थ ओसारपसार लगायतका मुद्दा लगाइएको छ ।

उम्मेदवारी मनोनयन पछिका दिनमा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको थापाले बताए । निर्वाचन विरोधी गतिविधि बढ्न सक्ने भन्दै सो पार्टीका नेता कार्यकर्तामाथि कडा निगरानी राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =