प्रधानमन्त्री देउवाले जनताको काँधमा बन्दुक पड्काएर विस्थापित गरेकाे जाेशीकाे अाराेप
“
विष्णु जोशी, कन्चनपुर । कन्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेश सभाका उम्मेदवार महेश दत्त जोशीले काँग्रेसका सभापति एव प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको काँधमा बन्दुक पड्काएर विस्थापित आरक्ष पीडितको अहिलेसम्म पुर्नस्थापना नगरेको आरोप लगाएका छन् । वाम गठनबन्धन कृष्णपुरले बुधवार वाणीमा आयोजना गरेको चुनावी सभालार्इ सम्बोधन गर्दै उम्मेदवार जोशीले कञ्चनपुरका हजारौँ नागरिकको विचल्ली बनाएका देउवाले सरकारमा पुग्दा पनि पीडितको पक्षमा केही नगरेको बताएका हुन् ।
वि. स. २०५८ सालमा तत्कालीन प्रधानमन्त्री देउवाले तपाईहरुलाई घरवार बिहिन बनायो, आज उनै सरकारको नेतृत्वमा छन्, ‘उनले भने, जसले आरक्ष पीडितको काँधमा बन्दुक पड्काएर अहिलेसम्म पीडितको पुर्नस्थापना गरेनन् उनलार्इ भाेट किन ?’ डेढ दशक देखि आरक्ष पीडितहरुको बेहाल भएको बताउँदै जोशीले आरक्ष पीडितको पिडा आफूले नजिकबाट बुझेको बताए ।
मलाई राम्रोसँग थाहा छ, यहँका आरक्ष पीडित, बाढिपीडित, मुक्त कमैया, हलिया, सुकुमबासी, सबैलाई पीडै पिडा छ, ‘उनले भने, ‘अब वामपन्थी सरकारले तपाईहरुका सबै पिडा सम्बोधन गर्छ ।’ मानव भएर मुक्त कमैया हलियालाई दानविय व्यवहार गरेकाले जङ्गलमा बस्नु परेको उनको भनाई छ । मुक्त कमैया हलियालाई न्यायिक पुर्नस्थापना गरेर रोजगारीको ग्यारेण्टी गराईने समेत उनले दाबी गरे ।
बर्साै देखि रहेको व्याप्त समस्या वाम घटकले मात्रै सम्बोधन गर्ने बताउँदै उनले वाम गठबन्धनका उम्मेदवारलाई जिताउन समेत आग्रह गरेका छन् । ‘अब जनता पैसाका बिटाले मान्नेवाला छैनन्, ‘उनले भने, जनता चलाख भईसकेका छन् ।’
“