अफगान सेनाको कारबाहीमा १२ तालिबान मारिए

कात्तिक १, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधवार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन् । प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधवार सो जानकारी दिएका हुन् । कान्दाहार प्रान्तको सहर ए सफा जिल्लामा बुधवार बिहान सबेरै सीमा प्रहरी बलले साे कारबाही गरेको थियो ।


यस कारबाहीमा १२ तालिवान आतङ्ककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएकाे रजाकले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए । यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ । उनीहरू लुकेर बसेको आश्रयस्थलमा यो कारबाही भएको थियो ।

यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतङ्क मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *