टि–२० महिला विश्वकप क्रिकेट छनोट खेलमा नेपाल र मलेसिया भीड्दै

काठमाडौं, मंसिर ८ । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा आज नेपालले मलेसियाको सामना गर्नेछ । थाईल्याण्डमा जारी प्रतियोगिताबाट अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना जीवित राख्न नेपालले आजको खेल जित्नैपर्ने छ ।

समूहको पहिलो र दोस्रो खेलमा बर्षाका कारण अंक बाँड्न बाध्य भएपछि नेपालको यात्रा कमजोर बनेको थियो । तेस्रो खेलमा हिजो युएईसँग ५ रनले पराजित भएपछि त नेपालको बाटो झनै कठिन बनेको छ । युएईले प्रस्तुत गरेको ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै ७४ रनमात्र जोड्न सक्यो ।

६ टोली सहभागी प्रतियोगिताको अंक तालिकामा शीर्ष २ स्थानमा रहने टोली विश्वकप छनोटको ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछन् । तीन खेलबाट २ अंक जोडेको नेपाल तालिकाको पाँचौ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =