सरकार निर्माण पछि पार्टी एकता हुने एमाले अध्यक्ष ओलीको भनाइ
२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माण पछि मात्रै पार्टी एकता हुने बताउनुभएको छ । प्रतिनिधी र प्रदेशसभा निर्वाचन लगत्तै सरकार बन्ने र त्यसपछि एमाले र माओबादी केन्द्र बिच पार्टी एकता हुने अध्यक्ष ओलीले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको पत्रकार भेटघाटमा एमाले अध्यक्ष ओलीले अस्थिरता अन्त्य गरि देशमा स्थायित्व कायम गर्ने लक्ष्य रहेको बताउनुभयो । त्यसैका लागि पार्टी एकताको चरणमा रहेको भन्दै अध्यक्ष ओलीले चुनाबपछि लगत्तै सरकार बन्ने र त्यसपछि एमाले र माओबादी केन्द्र बिच एकीकरण हुने जानकारी दिनुभयो ।नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी प्रति लक्षित गर्दै अध्यक्ष ओलीले चुनाब गराउने र भाड्नेको साँठगाँठले अचम्मित पारेको टिप्पणीउहाँले गर्नुभयो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








