मतदान हुने क्षेत्रमा आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै

काठमाडौं, मंसिर ८ । निर्वाचन आयोगले पहिलो चरणमा आउँदो आइतबार मतदान हुने निर्वाचन क्षेत्रमा शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ ।

आयोगले स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा गएको भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकालाई मतदाता परिचयपत्र वितरण गर्न लागिएको जनाएको छ ।

यस्तै भदौ ५ गते १८ वर्ष पूरा गरेका एंव नामावली सार्न र सच्याउन निवेदन दिएकाले पनि शुक्रबार र शनिबार मतदाता परिचयपत्र लिन सक्नेछन् । स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र लिइसकेकाले भने त्यहि परिचयपत्रको आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिनेछ । त्यसको लागि सकेसम्म मतदाता आफैं जानुपर्ने छ । मतदाता परिचयपत्र लिन आफैं जान नसकने अवस्थामा घरको परिवारको सदस्य भएको यकिन गरी परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *