एन आई सी एशिया बैंकलाई एकै साथ दुई अवार्ड


पुस ५, काठमाडौं – नेपालको बैंकिङ क्षेत्रमा उच्चस्तरीय वित्तीय सेवा प्रदान गरेवापत एन आई सी एशिया बैंक लिमिटेडले एकैसाथ दुईओटा अवार्ड पाएको छ ।
बैंकले पुस ३ गते सोमबार, वल्र्ड एचआरडी काँग्रेस, इप्लोयर ब्राण्डिङ इन्स्टिच्युट एण्ड स्टार अफ द इण्डिट्री ग्रुपले काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना गरेको नेपाल बी एफ एस आइ एक्सलेन्स एण्ड लिटरसिप अवार्ड २०१७ मा कार्यक्रममा नेपालको बैंकिङ्ग क्षेत्रतर्फको बेस्ट ब्राण्ड अवार्ड र बेस्ट इप्लोइमेन्ट ब्राण्ड अवार्ड पाएको हो ।
वल्र्ड सि एस आर एण्ड वल्र्ड सस्टेन्बिलिटी का संस्थापक डा आर एल भाटियाको उपस्थितिमा भएको कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर जबराद्वारा उक्त अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो ।
