कर्तब्यज्यान मुद्दाका फरार अभियुक्तहरू पक्राउ

काठमाण्डौं /  ०५७ साल कार्त्तिक १८ गते बेलुका काठमाण्डौं ठमेल स्थित जुली ५४ डिस्कोमा आएका काठमाण्डौं पुरानो बानेश्वर बस्ने बर्ष १९ को सुवर्ण गुरुङसँग वादविवाद भई निजलाई धारिलो हतियारले साँघातिक आक्रमण गरी उपचारको क्रममा सोही दिन वीर अस्पतालमा मृत्यु भएको थियो ।

कर्तब्यज्यान मुद्दाको सोही वारदातमा संलग्न मनाङ जिल्ला मनाङ गा.बि.स. वडा नं. १ स्थायी वतन भई जिल्ला काठमाडौं का. म. न. पा. वडा नं. १५ डेरा गरी बस्ने बर्ष ४१ का ठाडे भन्ने कर्म गुरुङ र जिल्ला काठमाडौं का. म. न. पा. वडा नं. १५ स्वयम्भू बस्ने बर्ष ३६ का बने भन्ने कर्म छिरिङ शेर्पा समेत दुई जनालाई क्रमश: मिति २०७४/०२/२४ गते ठमेल र २०७४/०२/२५ गते स्वयम्भू काठमाडौंबाट पक्राउ गरीएको छ ।

दुवै जनालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत मिति २०७४/०२/२९ गते काठमाडौं जिल्ला अदालतमा पेश गरिएको अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथ देवल काठमाडौंमा पठाईएको छ ।

सोही वारदातमा संलग्न जन्मकैदको सजाय पाएका अर्का प्रतिबादी राजु घलेलाई यस अघि नै मिति २०७३/०६/३० गते काठमाण्डौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =