कम्प्युटर प्रणालीबाट बिलिङ, महसुल बुझाउन आउने सम्मानित
“
मङ्सिर ६, अर्जुनधारा । नेपाल विद्युत् प्राद्यिकरण शनिश्चरे उपवितरण केन्द्र अन्तर्गत रहेको आय सङ्कलन केन्द्रले सञ्चालनको ४६ वर्षपछि कम्प्युटर प्रणालीको माध्यमबाट आजबाट बिलिङ सेवा सुरु गरेको छ ।
वि संं २०२८ मा शाखाका रूपमा स्थापना भएको सो केन्द्रले हस्तलिखितको माध्यमबाट बिलिङ सेवा दिँदै अाइरहेकाे थियाे । हस्तलिखित माध्यमबाट बिलिङ गर्दा हुनसक्ने त्रुटीलाई नियन्त्रण गर्न केन्द्रीय नीति अनुसार कम्प्युटर प्रणालीको माध्यमबाट बिलिङ सुरु गरिएको नेपाल विद्युत् प्राद्यिकरण अनारमनी वितरण केन्द्रका प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए ।
सो सेवाको नेपाल विद्युत् प्राद्यिकरण केन्द्रीय बिलिङ महाशाखाका प्रमुख सजुनकुमार श्रेष्ठ र महाशाखाका सहायक प्रबन्धक विजयकुमार श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा पहिलो महसुल बुझाउने अर्जुनधारा–५ का कृष्णमाया ढुंगेल, महसुल बुझाउन आएकी शान्ता खत्री र ज्येष्ठ नागरिक रौद्री पूर्वेलगायतलाई सम्मानित गरिएको थियो ।
आगामी दिनमा अनलाइनबाट महसुल भुक्तानी सेवा सञ्चालन गर्ने तयारी गरेको सो केन्द्र अन्तर्गत अर्जुनधारा, बुधबारे र शनिश्चरेका ११ हजार ८६८ ग्राहक रहेका छन् ।
“