पूर्व राष्ट्रपति यादव बिरामी निधिलाई भेट्न अस्पतालमा

मंसिर ६, काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले चाबहिलस्थत ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई भेटी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

यस्तै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र काँग्रेस नेता प्रकाशमान सिंह पनि अस्पतालमा पुगी निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि नेता निधि सोमबार अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *