वैदेशिक रोजगारीमा साउदी गएका युवकको मृत्यु

मंसिर ६, रुकुम । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक नेपाली युवाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् ।

रियादस्थित तुर्की कम्पनीमा कार्यरत मनिराज बेलुका खाना खाएर सुतेकोमा बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको बताइएको छ ।

मृतक परियारका श्रीमती र चार छोरा छन् । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *