बाग्लुङको निसिखोलामा गाउपालीका प्रमुखलाई लक्षित गरी बम प्रहार 

बाग्लुङ, मंसिर ५ ।  निसिखोला गाउपालीका प्रमुख तारानाथ पौडेल सहितको टोलीलाई लक्षित गरी मँगलबार दिउसो वम प्रहार भएको छ । चुनावि प्रचार प्रसारको क्रममा निसिखोला गाउपाली ३ याङम्याङमा गएर झिवाखोला बजारतर्फ फर्कने निसिखोला गाउपालीका प्रमुख तारानाथ पौडेल सहित नेपाली कांग्रेस वडा नं ३ का सभापती साजमान बुढा, रेशम चन्द सहितको टोलीलाई लक्षित गरी  दिउसो करिब ३ : १५ को समयमा वम प्रहार भएको हो ।

याङम्याङको जँगल हुँदै झिवाखोला आउदै गरेका उनिहरुलाई  तिनजनालाई लक्षित गरी बाटो माथिदेखि वम फालीएको थियो । वम कस्ले फाल्यो भन्ने पत्ता लगाउन सकिएन् । पौडेलले भन्नुभयो  वम पल्टिएर केहि तल गएर पड्किएका कारण कुनै मानविय क्षेति भने हुन नपाएको हो । घटना थाहा पायलगत्तै झिवाखोला प्रहरी र नेपाली शेनाको टोली घटना स्थलमा पुगेको छ ।

केहि दिन अगाडि सोहि जंगलमा अपरिचीत समुहद्धारा मतदाता शिक्षा कर्मचारीलाई समेत आक्रमणको प्रयास संगै नमुना मतपत्र र पोस्टर च्यातेर नस्ट गरीएको थियो ।  त्यस्तै सोमबार राति शहकारी तथा गरीवि निवारण राज्यमन्त्रि एवम बाग्लुङ क्षेत्र नं १ का प्रतिनीधि सभा उमेदवार चम्पादेवि खड्काको घरमा वम बिस्फोट भएको थियो । बिस्फोटका कारण मानविय क्षेति नभएपनी घरमा क्षेति पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =