प्रकाशप्रति नेकपा (मसाल)द्धारा श्रद्धाञ्जली अर्पण

मंसिर ५, काठमाडौं । नेकपा (मसाल)ले माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं माओवादी केन्द्रका अध्यक्ष प्रकाश दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मसाल महामन्त्री मोहनविक्रम सिंहले प्रेश वक्तव्य जारी गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

महामन्त्री सिंहद्धारा जारी वक्तव्यमा भनिएको छ– ‘माओवादी केन्द्रका अध्यक्ष का। प्रचण्डका पुत्र का प्रकाशको असामयिक र दुःखद मृत्युप्रति दुःख प्रकट गर्दै नेकपा (मसाल)ले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछ । त्यसका साथै हामीले उहाँका परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।

उहाँको मृत्युभन्दा पनि जुन प्रकारको अवस्थामा उहाँको निधन भयो, त्यो कैयौँ गुणा बढी हृदयविदारक छ । डाक्टरले दिएको जानकारी अनुसार उहाँलाई हृदयघात भइसकेपछि पनि कोठामा उहाँलाई मद्दत गर्ने कोही भएन र त्यसरी बिना कुनै सहायता वा उपचार उहाँको मृत्यु हुन पुग्यो । उहाँलाई अत्यन्तै छटपटि हुँदा पनि उहाँलाई मद्दत गर्ने कोही भएन ।

उहाँ चितवनबाट नै अस्वस्थ भएर काठमाडौँ आउनु भएको थियो । तर उहाँको अस्पताल वा डाक्टरकहाँ उपचार गराउने काम पनि हुन नसकेको कुरा थाहा भएको छ । यदि समयमा नै उहाँको उपचार हुन सकेको भए उहाँ जीवित रहने सम्भावना पनि थियो । राजधानिमा सबै साधनहरू वा सहायताका अवसरहरू हुँदाहुँदै पनि जसरी बिना उपचार नै उहाँको मृत्यु भयो, त्यो धेरै पीडादायक छ ।

अन्तमा हामीले पुनः उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै उहाँको सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ ।‘

मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *