निकिता भइन् ‘मिस नेपाल–२०१७


जेठ २०, काठमाडौं । ‘मिस नेपाल’ २०१७ को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकले जितेकी छिन् । शुत्रबार राजधानी स्थित होटल अन्नपूर्णमा आयोजना भएको यो बर्षको ‘मिस नेपाल’मा उनले १८ प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी जितिन् । नीकिताले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने अवसर समेत पाएकी छिन् ।
उनले भारतको ‘जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी’मा फेसन कम्यूनिकेशनको अध्ययन समेत गरेकी छिन् । यो बर्षको ‘मिस नेपाल अर्थ’को उपाधी रोजिना श्रेष्ठले हात पारिन् भने, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधी नीति शाहले जितिन् । सहारा बस्नेत ‘मिस एसिया प्यासेफिक इन्टरनेशनल’ घोषित भएकी छिन् ।


राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपालले ‘महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने प्रश्न सोधेका थिए । जसको चन्दकले उत्कृष्ठ जवाफ दिँदै उपाधि हात पारेकी हुन् । मिस नेपाल प्रतियोगिताको द हिडेन ट्रेजरले आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =