दिनेश कोइरालाको ‘मैले सुने तिम्रो खबर’

भाद्र २२, इटहरी । मोफसलमा रहेर कलाकारितामा पाइला चलेका सुनसरी इटहरीका दिनेश कोइरालाको अभिनय रहेको ‘मैले सुने तिम्रो खबर’ बोलको भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राईको स्वर रहेको गीतमा मोडल दिनेश कोइरालाले जुना प्रसाई र निस क्षेत्रीसँग स्क्रिन शेयर गरेका छन् । सागर क्षितिजको शब्दमा रहेको सो गीतको भिडियोलाई सरोज के.सी. ले निर्देशन गरेका छन् ।

गीतमा माया प्रेमका कुरालाई दर्शाइएको छ । उक्त गीतको सङ्गीत खेम विश्वकर्माले तयार पारेका हुन् । कोसी भिजन प्रा.लिई. ले निर्माण गरेको भिडियोलाई सुमन योञ्जनले खिचेका हुन् । युट्युब मार्फत सार्वजनिक गरिएको सो भिडियो सुनसरी, मोरङ र धनकुटाका विभिन्न ठाउँमा खिचिएको कलाकार कोइरालाले बताए । उक्त गीत युट्वमा अपलोड गरे लगत्तै साठी हजार बढीले हेरिसकेका छन् ।

२०६६ सालदेखि कलाकारितामा लागेका मोडल दिनेश कोइरालाले केही फिल्म र म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । कोइरालाले नेपालको कलाकारिता क्षेत्र फराकिलो हुँदै गएको र यही क्षेत्रका केही गर्ने सोचका साथ आफू आएको बताए । ‘पहिलेको जस्तो नेपालका कलाकारिता छैन, अहिले धेरै सम्भावना देखिएको छ । मोफसलमा रहेर काम गर्न केही गाह्रो भए पनि बिस्तारै व्यावसायिक हुनेमा आशावादी छु ।’ उनले भने ।

हेर्नुहोस् भिडियो ;

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =