प्रचण्डपुत्र प्रकाशको निधनपछि चितवन शोकमा

मङ्सिर ३, भरतपुर । पूर्वपधानमन्त्री तथा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन खबरसँगै चितवन जिल्ला शोकमा डुबेको छ ।

प्रचण्डपुत्र प्रकाशका शुभचिन्तक, राजनीतिक दलहरू तथा इष्टमित्रहरु गहिरो शोकमा रहेका छन् । चितवन प्रचण्डको गृह जिल्ला हो । प्रकाशको निधनप्रति गहिरो समवेदना जनाउँदै यहाँका राजनीतिक दलहरूले आज आइतबारका सम्पूर्ण चुनावी कार्यक्रमहरू पनि स्थगित गरेका छन् ।

बाम गठबन्धन, लोकतान्त्रिक गठबन्धनलगायतले चुनावी कार्यक्रमहरू स्थगित गरेका छन् । बाम गठबन्धनबाट गठित चुनावी परिचालन समितिले क्षेत्र नं. ३ का सबै चुनावी कार्यक्रमहरू स्थागित भएको जनाएको छ । चितवन क्षेत्र नं. २ का बाम गठबन्धन प्रचार प्रसार समितिका संयोजक घनश्याम भट्टराईले पनि दुई नम्बर क्षेत्रका सबै औपचारिक कार्यक्रम स्थगित भएको बताए । बाम गठबन्धनबाट मात्रै नभएर दाहालका प्रतिस्पर्धी उम्मेदवार लोकतान्त्रिक गठबन्धनले पनि चुनावी कार्यक्रमहरू स्थगित भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =