कैलालीका गाउँ बस्तीमा चुनावी सरगर्मी बढ्दै

विष्णु जोशी
तीन पटक मिति परिवर्तन गरेका कारण आम मतदातामा केही खिन्नता सिर्जना भए पनि कैलालीका गाउँ बस्तीमा चुनावी सरगर्मी बढ्दै गएको छ ।
सरकारले जेठ ३१ गते गर्ने भनेको दोस्रो चरणको निर्वाचन असार ९ र त्यसपछि फेरि १४ गते सारेको भए पनि चुनावको चहल पहल भने कुनै फरक परेको छन् ।
यतिवेला कैलालीका गाउँनगरमा चुनावी प्रचारप्रसारमा राजनीतिक दल तथा उम्मेदवारहरू जुटिरहेका छन् । उम्मेदवारहरू मतदातालाई आफूतिर आकर्षित गर्न फरक फरक आश्वासन र नारा तथा आमसभाहरु प्रस्तुत लगायत विभिन्न कार्यक्रमहरूकाे आयोजनामा व्यस्त छन् ।

घोडाघोडी नगरपालिकामा १२ वटा वडा छन् । एक लाख बढि जनसंख्या रहेको यो नगरपालिकाका अधिकांस वडाका शाखा सडकको अवस्था नाजुक छ । शिक्षा, स्वास्थ्य, खानेपानी,सचारं सेवाको कमी छ । सुकुम्बासी समस्या, बाढी, नदी कटानका समस्या भोग्दै आईरहेका छन घोडाघोडी बासी । नगरबासीहरू भन्छन्– ‘नगरपालिका घोषणा त भयो, तर हामीलाई अझैं पनि अनुभूति हुन सकेको छैन ।
घोडाघोडी नगरपालिका–२, सिरानगरका एक स्थानियले भने चुनाव जितेपछि जग्गाधनी पुर्जा दिने, बाटोमा कल्भर्ट हाल्ने, पुलपुलेसा बनाइदिने भन्दै राजनीतिक दल तथा उम्मेदवारहरूले भोट मागिरहेको बताएका छन । उनी विगतका निर्वाचनमा पनि यस्तै आश्वासन बाडेको बताउँछन् । ‘अब चिल्ला कुरा गर्ने, ठुला सपना देखाउने भन्दा पनि काम गरेर देखाउने उम्मेदवार चाहिएका छन्’ उनी भन्छन् ।








